Web hosting

फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा निरब पक्राउ

☰ फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा निरब पक्राउ निरब ज्ञवाली १८ साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरो... thumbnail 1 summary


फेसबुकमा रेणुलाई गालीगलौज गरेको आरोपमा निरब पक्राउ



निरब ज्ञवाली


१८ साउन, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकबाट गालीगलौज गरेको आरोपमा प्रहरीले निरब ज्ञवालीलाई पक्राउ गरेको छ ।

उनलाई बुधबार पुतलीसडकबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको हो । ज्ञवाली भरतपुर महानगरपालिकामा एमालेका मेयर उम्मेदवार देवी ज्ञवालीका छोरा हुन् ।



भरतपुर महानगरको मतपत्र च्यातिएपछि निरबले माओवादी उम्मेदवार रेणु दाहाललाई अपशब्द प्रयोग गर्दै फेसबुकमा स्टाटस लेखेका थिए ।

सोही स्टाटसका आधारमा रेणुका पती अनिलकुमार पाठकले चितवन प्रहरीमा उजुरी दिएका थिए । पाठकले डोटीका एसबी भनिने सन्तोष बोहोराविरुद्ध पनि उजुरी दिएका थिए ।

चितवन प्रहरीले साइबर क्राइममा मुद्दा दायर गरी पक्राउ गर्न काठमाडौं प्रहरी परिसरमार्फत आग्रह गरेकाले उनलाई पक्राउ गरिएको अपराध महाशाखाका एसपी प्रकाशजंग कार्कीले बताए ।

उनलाई हिरासमा लिई अनुसन्धान भइरहेको र पुष्टि भए साइबर क्राइम अन्तर्गत मुद्दा चलाइने कार्कीले बताए । ज्ञवालीले रेणु दाहालप्रति अपशब्द प्रयोग गरेको स्टाटस आलोचनापछि हटाएर फेसबुकबाटै माफी मागेको परिवारको दाबी छ ।

२०७४ साउन

No comments

Post a Comment

Hi